Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मणिपुरमा महिलाहरुमाथि सार्वजनिक ठाउँमै यौनहिंसा

    मणिपुरमा महिलाहरुमाथि सार्वजनिक ठाउँमै यौनहिंसा

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेको खुलेको छ ।

    मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ सार्वजनिक भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न थालेका हुन् ।



    कुकी र मैतेई दुवै समुदायका व्यक्तिहरुले अर्को ठाउँमा आफ्नो समुदायका महिलामाथि दुर्व्यवहार तथा बलात्कार समेत भएको भन्दै अर्को समुदायका महिलामाथि बलात्कार समेत गर्ने गरेका घटनाहरु सार्वजनिक भएको बताइएको छ ।



    कतिपय ठाउँमा शिक्षालयका छात्राबासहरुमा दिउँसै बलात्कार समेत भएको पाइएको छ । मणिपुरमा मैतेई र कुकी समुदायबीच गएको मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि अहिलेसम्म एक सय ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार