Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इजरायली सेनाद्वारा गाजाको राफाहमा आक्रमण

    इजरायली सेनाद्वारा गाजाको राफाहमा आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 294
    SHARES

    एजेन्सी । इजरायली सेनाले गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ।

    इजरायली ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरको हो । इजरायली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको छ।



    गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिमाअनुसार राफाह सीमा क्रसिङ र केरेम शालोम दुवैमा यात्रु र मानवीय सहायताको आवागमन रोकिएको छ ।



    इजरायली सेनाले सीमा क्षेत्रमा ट्याङ्की आक्रमण गरिरहेको भिडियो सावैजनिक गरेको छ । यसैबीच, सामाजिक सञ्जालमा जारी गरिएका अन्य तस्बिरहरूमा राफाह सिमानाको प्रवेशद्वारमा इजरायली झण्डा फहराएको देखाइएको छ ।

    युद्धग्रस्त तटीय इलाकामा २.३ मिलियनभन्दा बढी प्यालेस्टिनीहरूका लागि राफाह सीमा क्रसिङ एक मात्र एक मध्याम हो । सोमबार राति इजिप्टले प्यालेस्टिनी पक्षलाई राफाह क्रसिंगको प्यालेस्टिनी पक्षको वरपर इजरायलको सुरक्षा अभियान मङ्गलबार बिहान समाप्त हुनेछ।

    इजिप्टले इजिप्ट र गाजा पट्टीबीचको एकमात्र मार्ग राफाह क्रसिङको प्यालेस्टिनी पक्षको वरपर इजरायली आक्रमणको बारेमा सोधपुछ गरी इजरायलले मङ्गलबार बिहान अपरेसन समाप्त हुने प्रतिक्रिया दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार