Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गाजामा हरेक दुई घण्टामा एकजना आमाको ज्यान जाँदै

    गाजामा हरेक दुई घण्टामा एकजना आमाको ज्यान जाँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 474
    SHARES

    एजेन्सी । गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन विमेनका अनुसार गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको पाइएको हो ।



    गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन र मानवीय आवश्यकतामा विनाशकारी असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ ।



    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २५ हजार मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये झण्डै ७० प्रतिशत महिला र बालबालिका रहेका अनुमान गरिएको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार