Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इजरायलमा हमासको आक्रमणपछि खाडी राष्ट्रहरूमा हलचल

    इजरायलमा हमासको आक्रमणपछि खाडी राष्ट्रहरूमा हलचल

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 1.2K
    SHARES

    एजेन्सी। इजरायलमा हमासले गरेको आक्रमणपछि अरब राष्ट्रहरूमा अशान्ति बढ्दै गएको छ ।  एकातिर साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले प्यालेस्टाइन क्षेत्रका साथै इजिप्ट र जोर्डनका राष्ट्रपतिसँग वार्ता गरेका छन् भने अर्कोतर्फ साउदी अरबका विदेशमन्त्रीहरुको आपतकालीन बैठक बसेको छ । बुधबार अरब लिगको बैठक बोलाइएको छ ।

    युवराजले प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासीसँग कुरा गरेका छन् र उनलाई भनेका छन्, ‘साउदी अरब प्यालेस्टिनीहरूको अधिकार, उनीहरूको आशा, महत्वाकांक्षा र शान्तिका लागि साथमा छ।’



    साउदीका युवराजले गत महिना फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन आफू दिनप्रतिदिन नजिक भइरहेको बताएका थिए ।



    अर्कोतर्फ प्यालेस्टाइनीहरू साउदी अरेबियाले इजरायलसँग सम्बन्ध स्थापना गरी आफ्नो सार्वभौमसत्तालाई मान्यता दिऊन् भन्ने चाहँदैनन्, यस्तो बेला इजरायलमाथि हमला गरेर हमासले साउदी र इजरायलबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासमा खलल पुर्‍याएको बताइएको छ ।हमासको आक्रमणमा इजरायलले ठूलो क्षति बेहोरेको छ ।

    हमासको आक्रमणमा कम्तीमा ९०० इजरायलीको मृत्यु भएको छ । यसका धेरै नागरिकलाई पनि बन्दी बनाइएको छ । त्यसपछि जवाफी कारबाहीमा सयौं प्यालेस्टिनी मारिएको समाचार छ ।

    युवराज मोहम्मद बिन सलमानले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग फोनमा कुरा गरेका थिए।

    साउदी प्रेस एजेन्सीले जारी गरेको विज्ञप्ति अनुसार तीन नेताबीच गाजा र आसपासका क्षेत्रमा इजरायलको प्रगति रोक्न र यस क्षेत्रमा विस्तार हुन नदिन प्रयासलाई तीब्र बनाउनुपर्नेमा सहमति भएको छ ।

    युवराजले साउदी अरेबिया प्यालेस्टाइनको साथमा रहेको पनि स्पष्ट पारेका छन् ।

    मोहम्मद बिन सलमानले साउदी अरेबिया सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय नेताहरूसँग सम्पर्कमा रहेको र वर्तमान द्वन्द्व रोक्न र यसलाई बढ्न नदिन प्रयास गरिरहेको दोहोर्‍याए। -बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार