Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गाजामा हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायलको दाबी

    गाजामा हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायलको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 480
    SHARES

    फाइल तस्विर

    एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएको दाबी गरिएको छ ।

    दक्षिणी गाजा शहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको इजरायली रक्षा बलले दाबी गरेको हो ।



    मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ ।



    इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार