Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हमाससँग अमेरिकासहित १८ देशको आग्रह – युद्धविरामको लागि बन्धकलाई रिहा गर्नू

    हमाससँग अमेरिकासहित १८ देशको आग्रह – युद्धविरामको लागि बन्धकलाई रिहा गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 429
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले अनुरोध गरेका छन् ।

    विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् ।



    उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका छन् ।



    अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, डेनमार्क, हङ्गेरी, रोमानिया, सर्बिया लगायत १८ वटा देशका नेताले एकैसाथ निकालेका विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र आक्रमणमा घाइते भएका र अझै क्रासमा रहेका नागरिकको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय रहेको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार