Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसको ‘वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रुसको ‘वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 696
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपराधीहरूको ‘वान्टेड’ सूचीमा राखेको छ ।

    कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको हो ।



    यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित रहेको उल्लेख छ ।



    जेलेन्स्कीलाई वान्टेड सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

    सन् २०२२ फेब्रुअरीमा आफ्नो सैन्य आक्रमणको सुरुआतपछि मस्कोले जेलेन्स्कीलाई निशाना बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार