Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनको पूर्वी सहर बाख्मुटमा रुसी आक्रमणबाट सबै कुरा नष्ट भयो : राष्ट्रपति जेलेन्स्की

    युक्रेनको पूर्वी सहर बाख्मुटमा रुसी आक्रमणबाट सबै कुरा नष्ट भयो : राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी सहर बाख्मुटमा रुसी आक्रमणका कारण सबै कुरा नष्ट भएको बताएका छन् ।

    उनले रुसी फौजको कब्जामा रहेको उक्त क्षेत्रमा अब केही बाँकी नरहेको बताएका हुन् ।



    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यसअघि नै युक्रेनको बाख्मुट क्षेत्रलाई कब्जामा लिएकोमा आफ्ना सेनालाई बधाई दिएका थिए ।



    पुटिनले बख्मुट सहरलाई मुक्त गर्ने अभियान सम्पन्न भएको भन्दै आफ्ना फौजलाई बधाई दिएका थिए । जेलेन्स्कीले भने जापानको हिरोसिमास्थित जी ७ राष्ट्रहरूको बैठकमा पुटिनलाई कटाक्ष गरे ।

    यस क्रममा उनले रुस(युक्रेन युद्धमा आफ्नो पक्षमा विश्व समुदायको साथ र समर्थन खोज्दै पुटिनको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार