Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने – युक्रेनको सच्चा मित्र जर्मनी

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने – युक्रेनको सच्चा मित्र जर्मनी

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    जर्मनी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको आफ्नो देशको लडाइँमा जर्मनीलाई ‘सच्चा मित्र’ को संज्ञा दिएका छन् ।

    राष्ट्रपति जेलेन्स्कीको भ्रमणका क्रममा बर्लिनले कीएभका लागि २.७ अर्ब युरो (तीन अर्ब अमेरिकी डलर) बराबरको नयाँ सैन्य प्याकेज सार्वजनिक गरेको छ, जुन युक्रेनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।



    युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक हप्तामा जर्मन चान्सलर ओलाफ स्कोल्ज, जर्मन समकक्षी फ्रान्क वाल्टर स्टेनमियरका साथै रोममा इटालियन नेता र पोप फ्रान्सिससँग भेटवार्ता गरेका थिए ।



    स्रोतका अनुसार आइतबारदेखि उनी युरोपको अर्को विशाल अर्थतन्त्र फ्रान्समा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार