Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हार्वर्ड विश्वविद्यालयकी प्रमुख क्लाउडिनले दिइन् राजीनामा

    हार्वर्ड विश्वविद्यालयकी प्रमुख क्लाउडिनले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 540
    SHARES

    एजेन्सी । हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्।

    क्लाउडिनमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएकी हुन् ।



    विश्वविद्यालयहरुमा यहुदी तथा इसराइलविरोधी गतिविधि भएको विषयमा अमेरिकाको संसदीय समितिले सम्बन्धित विश्वविद्यालयका प्रमुखहरूलाई बोलाएर छलफल गरेको थियो।



    समितिका सदस्यहरूले इसराइल-हमास युद्धका विषयमा हुने गतिविधिलाई विश्वविद्यालयको नीति नियमसँग जोडेर गरेको प्रश्नमा हो/होइनमा नदिएपछि उनीहरू विवादमा तानिएका थिए।

    विवादकाबीच युनभर्सिटी अफ पेन्सिलभेनियाका प्रमुख लिज मगिलले पनि डिसेम्बर ९ मा राजीनामा दिएकी थिइन्। त्यसको एक महिना नबित्दै हार्वर्डका प्रमुखले पनि पदबाट राजीनामा दिएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार