Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गाजामा थप २४० जनाको मृत्यु भएको हमासको दाबी

    गाजामा थप २४० जनाको मृत्यु भएको हमासको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 1.2K
    SHARES

    गाजापट्टी । गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ ।

    “गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्,” सरकारको विज्ञप्तिमा भनिएको छ ।



    इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त पारेको छ ।



    गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार