Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेले दिए तीन बुँदे निर्देशन

    हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेले दिए तीन बुँदे निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 456
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्।

    गृहमन्त्री लामिछानेले हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पताल बस्ने परिपाटी अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।



    निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।



    अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ।

    प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो।

    काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो। गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो।

    गृहले ३ बुँदे निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको छ। पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना यदाकदा देखिएको भन्दै पदभार ग्रहण लगत्तै गृहमन्त्री लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार