Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको निधन

    ‘टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको निधन

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 387
    SHARES

    एजेन्सी । ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्स’ जस्ता ब्लकबस्टर हलिउड फिल्मका अभिनेता बर्नार्ड हिलको निधन भएको छ ।

    उनी सन् १९९७ को फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित छन् ।



    हिलको ७९ वर्षको उमेरमा निधन भएको हो । टाइटानिक बाहेक उनले टेलिभिजन सिरियल र थिएटरमा पनि धेरै काम गरेका छन् ।



    ‘लर्ड अफ द रिङ्स’मा उनले राजा थियोडेनको भूमिकाको लागि पनि धेरै प्रशंसा पाएका थिए ।

    बर्नार्ड हिल ११ ओस्कार अवार्ड जित्ने दुई फिल्महरु ‘टाइटानिक’ र ‘द लर्ड अफ द रिङ्स’मा हिस्सा रहिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार