Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोंगबुस्थित होटेलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला

    गोंगबुस्थित होटेलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गोंगबुस्थित एक होटलमा एक युवतीको शव फेला परेको छ ।

    गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।



    गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्।  प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए ।

    त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो ।

    परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार