Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुग्यो

    गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

    पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ प्यालेस्टाइनीको मृत्यु भएको छ । १२३ जना घाइते भएका छन् ।



    पछिल्लो गाजा युद्ध सुरु भएदेखि हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ जना घाइते भएका छन् ।



    गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएअनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएका छन् ।

    इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको हमलाको बदलास्वरूप प्यालेस्टाइनीविरुद्ध कडा आक्रमण जारी राखेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार