Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इजरायल–हमास सम्झौताका लागि अमेरिका ‘कटिबद्ध’ छ : ब्लिन्केन

    इजरायल–हमास सम्झौताका लागि अमेरिका ‘कटिबद्ध’ छ : ब्लिन्केन

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 213
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन्।

    ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा कठिन समयमा पनि अमेरिका युद्धविराम गर्न कटिबद्ध रहेको बताएका हुन् ।



    युद्धविरामले बन्धकहरूलाई घर ल्याउन वातावरण बनाउने उनको भनाई छ ।



    इजरायलले गाजामा आफ्नो आक्रमण अस्थायी रूपमा रोक्ने र अक्टोबर ७ मा कब्जामा लिएका बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने प्रस्तावको हमासले जवाफ दिने तयारी गरेको छ ।

    भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहनुभएको छ भने संयुक्त राष्ट्रसङ्घले खाद्यान्नको चरम अभावका कारण आसन्न अनिकालको चेतावनी दिएको छ ।

    उनले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्ने कार्यक्रम छ । इजरायलले हालै सहायताका लागि खुला गरेको गाजा नजिकैको बन्दरगाह अशदोदलगायत बन्दरगाहलाई बन्द गर्ने तयारी गरिरहनुभएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार