Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चीन र अमेरिकाका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

    चीन र अमेरिकाका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 309
    SHARES

    एजेन्सी । चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ ।

    चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका हुन् ।



    चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिर रहेको बताए । ‘सम्बन्धहरू सामान्यतया स्थिर छ, थप बिग्रिनबाट जोगिएका छन्’, उनले भने, ‘तर नकारात्मक कारक अझै बढ्दै छन् र जम्मा भइरहेका छन्।’



    वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार