Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह – मध्यपूर्वको शान्तिका लागि ‘प्रभाव’ प्रयोग गर्नू

    चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह – मध्यपूर्वको शान्तिका लागि ‘प्रभाव’ प्रयोग गर्नू

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 825
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मध्यपूर्वमा शान्ति कायम गर्न आफ्नो ‘प्रभाव’ प्रयोग गर्न आग्रह गरेका छन् ।

    साउदी अरबको भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले चिनियाँ विदेशमन्त्री वाङ यीसँग एक घण्टा लामो टेलिफोन वार्ता गरेका हुन् ।



    “द्वन्द्व फैलनबाट रोक्नु सबैको साझा हितमा हुन्छ,” ब्लिन्केनको रियादबाट अबुधाबीका लागि उडेको विमानमा पत्रकारहरूसँग कुरा गर्दै भने ।



    आफूहरूले मध्यपूर्वमा शान्तिका लागि काम गरिरहेको उनले बताए । “चीनले आफ्नो प्रभाव प्रयोग गर्नसके यो उपयोगी हुन सक्छ भन्ने हो,” बिदेशमन्त्री ब्लिन्केनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार