Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एन्टोनी ब्लिन्केन भन्छन् – रुसमा वाग्नर समूहको विद्रोहले पुटिनको अधिकारलाई चुनौती दियो

    एन्टोनी ब्लिन्केन भन्छन् – रुसमा वाग्नर समूहको विद्रोहले पुटिनको अधिकारलाई चुनौती दियो

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 543
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताएका छन् ।

    उनले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताएका हुन् । रुसमा भएको विद्रोहलाई लिएर युरोपेली देशहरुसँग परामर्श गरिरहेको अमेरिकाले पहिलो टिप्पणी गरेको छ ।



    रुसमा हुन लागेको विद्रोहका बारेमा अमेरिकी जासुसहरुले केही समय अघि नै राष्ट्रपति जो वाइडेन लगायत उच्च तहमा जानकारी गराइसकेका पनि बताइएको छ ।



    रुस सरकारसँग सहमति भएपछि भाडामा सेना उपलब्ध गराउने वाग्नर समूह शिविरमा फर्किएको छ । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार