Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले उपाध्यक्ष पौडेलले भने – कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन

    एमाले उपाध्यक्ष पौडेलले भने – कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 339
    SHARES

    रामेछाप । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तत्काल कांग्रेससँग एमालेको सत्ता सहकार्य नहुने बताएका छन् ।

    एमाले रामेछापको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। अहिले एमाले र कांग्रेस मिलेर सरकार बनाउन नहुने उपाध्यक्ष पौडेलको भनाई छ।



    कांग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।



    उपाध्यक्ष पौडेलले भने,‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस् । २०८४ सम्म अहिलेकै सरकार जान्छ र २०८४ को निर्वाचनपछि नेकपा एमाले एकल बहुमत प्राप्त पार्टी बन्नेछ । नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनताको लागि चाहिएको छ ।’

    पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने उपाध्यक्ष पौडेलले बताए ।

    उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए ।

    उनले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउँदै संविधानले निर्देश गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा जोड दिए ।

    उपाध्यक्ष पौडेलले यो सरकारविरुद्ध खेलिएका विभिन्न प्रयास एक झड्कामै टुटेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार