Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जुनसुकै कालखण्डका भ्रष्टाचार काण्ड छानबिन गरी कारबाही गर्ने सरकारको घोषणा

    जुनसुकै कालखण्डका भ्रष्टाचार काण्ड छानबिन गरी कारबाही गर्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 471
    SHARES

    काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ ।

    सत्तारुढ दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थापित गर्ने बताएका हुन् ।



    संयोजक पौडेलले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थागित गर्नेछ ।’



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार