Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • खरबारीबाट सल्केको आगोले २४ घर जले

    खरबारीबाट सल्केको आगोले २४ घर जले

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 816
    SHARES

    दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् ।

    आगलागीले अरू १० वटा गोठसमेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताए । गाउँमा रहेका २५ वटा घरमध्ये २४ वटा जलेर नष्ट भएका हुन् ।



    आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले छाएर बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् ।



    नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार