Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्ता गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक

    सत्ता गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 357
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

    सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरिएको हो ।



    गठबन्धनको तर्फबाट गठन १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले पाँच दलको साझा प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् ।



    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

    नयाँ समीकरण बनेपछि गठित सरकारले गर्ने अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने उनले बताए ।

    नयाँ गठबन्धनमा नेकपा एमाले,माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी रहेका छन्।

    सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार