Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कान्ति लोकपथमा १३ घण्टा यातायात सञ्चालनमा

    कान्ति लोकपथमा १३ घण्टा यातायात सञ्चालनमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 645
    SHARES

    फाइल तस्विर

    हेटौँडा । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौं जोड्ने सडक आइतबार बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।

    स्तरोन्नतिसँगै मर्मतका निम्ति गएको चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।



    बिहानको समयमा तीन घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिइने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । सोअनुसार आउँदो जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।



    ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार