Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिरोले कान्ति लोकपथ अवरुद्ध

    पहिरोले कान्ति लोकपथ अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 942
    SHARES

    फाइल तस्विर

    मकवानपुर । काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित वाग्मतीको पुलनजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।

    मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ वाग्मती पुलनजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।



    यता, हेटौँडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिंगन प्रहरीले रोकेको छ ।



    चितवनको मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

    यसैगरी, पश्चिमबाट आएका सवारीसाधन हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    यस्तै, मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार