Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, तीन जनाको मृत्यु

    गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 2.5K
    SHARES

    पाल्पा । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।

    गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले पुरिएको हो । स्कार्पियोमा सवारमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु ८ जना घाइते भएका छन् ।



    स्कार्पियोमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।



    दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार