Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मकवानपुर पहिरो : वेपत्ता ६ मध्ये एकजना १४ घण्टापछि सकुशल भेटिए

    मकवानपुर पहिरो : वेपत्ता ६ मध्ये एकजना १४ घण्टापछि सकुशल भेटिए

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1K
    SHARES

    मकवानपुर । मकवानपुरमा पहिरोले पुरिएर वेपत्ता भएका एकजना १४ घन्टापछि सकुशल भेटिएका छन् ।

    जिल्लाको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले पुरिएर वेपत्ता भएका ६ मध्ये १९ वर्षका पासाङ घिसिङ सकुशल भेटिएका हुन् ।



    सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका घिसिङको १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।



    उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो ।

    स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार