Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बालअधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

    बालअधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 183
    SHARES

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नुपर्ने बताएकी छन् ।

    मन्त्री चौधरीले राष्ट्रिय बाल अधिकार परिषद् बैठकको अध्यक्षता गर्दै यस्तो बताएकी हुन् । उनले संरचनागत सुधारका लागि मातहतका निकाय र जिम्मेवार अधिकारीहरूलाई निर्देशन दिएईन् ।



    बाल अधिकारका क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको कारणले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्री चौधरीले निर्देशन दिएकी हुन्।



    परिषद् बैठकमा बालगृह, बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन् तिनका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विकल्पबारे छलफल गरेको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार