Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान, दर्जन घाइते

    कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान, दर्जन घाइते

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप हुँदा १२ जनाभन्दा बढी घाइते भएका हुन् ।

    सुनसरी प्रहरीका अनुसार दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको हो ।



    कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहानको स्थिति आएको थियो । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् ।



    घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार