Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धरानमा प्रहरी र स्थानीयबीच झडप

    धरानमा प्रहरी र स्थानीयबीच झडप

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 2.6K
    SHARES

    सुनसरी । सुनसरीमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

    इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका १९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।



    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको बताइएको छ ।



    नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो ।

    सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार