Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लमजुङ क्याम्पसमा विद्यार्थीबीच अचानक कुटाकुट

    लमजुङ क्याम्पसमा विद्यार्थीबीच अचानक कुटाकुट

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 783
    SHARES

    लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच कुटाकुट भएको छ ।

    क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको हो ।



    सो झडपमा परेर क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका छन् ।



    उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ भने बाँकी घाइतेहरुको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएको बताइएको छ ।

    शनिबार दिउँसो साढे ११ बजे क्याम्पसमा अचानक विद्यार्थीहरुबीच हानाहान भएको थियो । घटनापछि सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ भने क्याम्पसको छात्राबास खाली गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार