Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप : दुई प्रहरी घाइते, १६ सेल अश्रुग्यास प्रहार

    दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप : दुई प्रहरी घाइते, १६ सेल अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 2.5K
    SHARES

    सर्लाही । सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

    सदरमुकाम मलंगवामा स्थानीयले मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि झडप भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् भने अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।



    मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो ।

    विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार