Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाल सुधार गृहमा झडप : एक जनाको मृत्य, १० घाइते

    बाल सुधार गृहमा झडप : एक जनाको मृत्य, १० घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.3K
    SHARES

    बाँके । बाँकेको एक बाल सुधार गृहमा दुई समूहबिच झडप भएको छ । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

    बाल सुधार गृहका अनुसार १० जना गम्भीर घाइते छन् । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।



    गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ ।



    बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन नभएको बाल सुधार गृहले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार