Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विद्यालय भवन निर्माणमा विवाद : तीन राउण्ड हवाई फायर

    विद्यालय भवन निर्माणमा विवाद : तीन राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 720
    SHARES

    जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक विद्यालय भवन निर्माणको विषयमा भएको झडपमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

    गाउँपालिकाको वडा नम्बर ४ तुल्सियाहीको कोल्हुवास्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै दुई पक्षबीच भएको झडपमा परी ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    प्रहरीका अनुसार घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने शंकरको उपचार जनकपुरधामस्थित रामजानकी हस्पिटलमा भइरहेको छ ।



    स्थानीय केही युवाहरूले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्चको हिसाब पारदर्शी गर्न माग गर्दा विवाद भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार