Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतले अग्निपथ योजनाको नीतिमा फेरबदल गर्न सक्छ : एस जयशंकर

    भारतले अग्निपथ योजनाको नीतिमा फेरबदल गर्न सक्छ : एस जयशंकर

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकरले भारतले अग्निपथ योजनाको नीतिमा फेरबदल गर्न सक्ने टिप्पणी गरेका छन् । भारतमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भारतले आफ्नो हितका लागि अग्निपथ योजना ल्याएको र त्यसमा नेपाललाई पनि सामेल गराएको बताए । उनले नेपालले भर्ना रोकेको बताए ।



    भारतीय टेलिभिजन एनडिटीभीको अनलाइन संस्करणमा उल्लेख समाचार अनुसार विदेश मन्त्री जयशंकरले नेपालले अग्निपथ योजना सामेल नभएको कारणले नभई भारतको हितलाई दृष्टिगत गर्दै केही नीतिमा परिवर्तन गर्न सकिने बताए ।



    उनले नेपाल जलस्रोत र बिजुलीमा धनी देश भएको उल्लेख गर्दै त्यसको भारत पनि ग्राहक भएको तर नेपाल राजनीतिक कारणले तयार नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार