Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • घुससहित रंगेहात पक्राउ परेका पालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    घुससहित रंगेहात पक्राउ परेका पालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 471
    SHARES

    काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।



    पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि गत वैशाख ५ गते रंगेहात पक्राउ परेमा थिए ।



    उनले सेवाग्राहीसँग एक लाख बिस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको सोही रकम बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदावीसहित मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार