Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल समाप्त

    एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल समाप्त

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 267
    SHARES

    नयाँदिल्ली । उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ ।

    ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व आफूले लिएको थियो ।



    मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नती जस्ता विषयमा नयाँ नीतिहरु सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए ।



    एयर इन्डिया एक्सप्रेसका दर्जनौँ केबिन क्रू कर्मचारीहरू मङ्गलबार रातिदेखि बिरामी परेको भन्दै काममा आएका थिएनन् । जसले गर्दा एयरलाइन्स कम्तिमा एक सय ७५ वटा उडानहरु ढिलाइ तथा रद्द गर्नु परेको थियो ।

    बिहीबार जारी विज्ञप्तिमा एयरलाइन्सका प्रवक्ताले कर्मचारीसँगको बैठकपछि समय तालिकालाई जतिसक्दो चाँडो लयमा फर्काउन काम गरिरहेको जनाइएको छ ।

    विज्ञप्तिमा अनपेक्षित अवरोधहरूबाट सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा मागिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एयरलाइन्सले बर्खास्त गरेका कम्तीमा २० जना हड्ताली कर्मचारीलाई पुनः काममा फर्काइएको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार