Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उडानका क्रममा पाइलटले ककपिटमा साथीलाई प्रवेश दिएपछि…

    उडानका क्रममा पाइलटले ककपिटमा साथीलाई प्रवेश दिएपछि…

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 597
    SHARES

    एजेन्सी। भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया जरिवाना गरेको छ ।

    भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।



    भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।



    डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेह जारी गरेको थियो ।

    अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार