Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दिल्ली लैजानु पर्ने विमान जयपुर लगे, ड्युटी सकियो भनेर पाइलट हिँडे !

    दिल्ली लैजानु पर्ने विमान जयपुर लगे, ड्युटी सकियो भनेर पाइलट हिँडे !

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । ड्युटी सकिएको भन्दै पाइलट हिँडे पछि जयपुरमा ६ घण्टासम्म यात्रु अलपत्र परेका छन् ।

    लन्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए ।



    तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।



    विमानमा सवार भारतीय मूलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिँडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार