Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

    कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

    प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका हुन् ।



    सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएको थियो ।



    विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मंगगलबार अपराह्न ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

    वचतकर्ताले सहकारीमा जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरूपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेस राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार