Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टर्की प्रहरीद्वारा ३६६ शंकास्पद लागुऔषध कारोबारी पक्राउ

    टर्की प्रहरीद्वारा ३६६ शंकास्पद लागुऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 300
    SHARES

    अकारा । टर्की प्रहरीले लागुऔषध कारोबारीविरुद्धको व्यापक कारबाहीमा ३६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताएका छन् ।

    ‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागुऔषध उत्पादक र डिलरहरूविरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए ।



    उक्त अपरेसनमा कुल २३० टोली र ९८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागुऔषध तथा १३ हजार लागुऔषध चक्की बरामद गरिएको उनले बताए ।



    अवैध लागुऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किएले गत वर्षदेखि लागुऔषध तस्करीमा कडाइ गरेको छ ।रासस/सिन्ह्वा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार