Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुनसरी ३ मा एमालेकी भगवती चौधरी जित्ने निश्चित, गच्छदार ५ हजार तीन सय १९ मतले पछाडि

    सुनसरी ३ मा एमालेकी भगवती चौधरी जित्ने निश्चित, गच्छदार ५ हजार तीन सय १९ मतले पछाडि

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन्।

    ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। बाँकी मतगणना जारी छ।



    अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन्।



    गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन्। यहाँ एमालेकी भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छिन्।अब ८ हजार २ सय ८२ मत गन्न बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार