Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चीनले रुसलाई सहयोग गरे कारबाही गर्ने अमेरिकाको चेतावनी

    चीनले रुसलाई सहयोग गरे कारबाही गर्ने अमेरिकाको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 354
    SHARES

    एजेन्सी । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ ।

    यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् ।



    शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठुलो खतरामा परेको र चीनले त्यसको विरुद्धमा काम गरिरहेको ब्लिङ्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए ।



    तर, ब्लिङ्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् । ब्लिङ्केनले अमेरिका केही विषयमा अगाडि बढेको सङ्केत गरेका छन् ।

    ब्लिङ्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार