Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने, प्रतिनिधिसभाबाट पारित भयो प्रस्ताव

    अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने, प्रतिनिधिसभाबाट पारित भयो प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 549
    SHARES

    एजेन्सी । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ ।

    अमेरिकी प्रतिनिधि सभामा मतदान भएको राहात प्रस्तावअन्तर्गत युक्रेनले ६१ अर्ब डलरसँगै इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने भएका हुन् ।



    अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो ।



    अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार