Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • युक्रेनले प्रयोग गर्न थाल्यो अमेरिकाले गोप्य रुपमा दिएका लामो दुरीका ब्यालेस्टिक मिसाइल

    युक्रेनले प्रयोग गर्न थाल्यो अमेरिकाले गोप्य रुपमा दिएका लामो दुरीका ब्यालेस्टिक मिसाइल

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 522
    SHARES

    एजेन्सी । रुसी सुरक्षा बलको सामना गर्न अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीको ब्यालेस्टिक मिसाइल दिएको छ ।

    गत फेब्रुअरीमा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई बाइडेनले गोप्य रूपमा सहमति दिएका हुन् । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।



    यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेको बताइएको छ ।



    अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त मिसाइल क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार