Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 243
    SHARES

    काठमाडौं । वेस्टइन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टियु क्रीकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपालले वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल खेल्नेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो ।



    वेष्ट इण्डिज ‘ए ले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

    नेपालले पहिलो खेलमा अनिलकुमार शाह र कमल ऐरीले अवसर पाएका छन् । भने करण केसी, सोमपाल कामी, आसिफ शेख र सन्दीप जोरा बेन्चमा छन् ।

    नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल शाह(विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि.सी. विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी

    बेन्च – आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार