Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारको निर्देशन – आगलागी र डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नू

    सरकारको निर्देशन – आगलागी र डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नू

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 312
    SHARES

    काठमाडौं । आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    शुक्रबार गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिएका हुन् ।



    कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।



    गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताए । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार