Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्छ : गृहमन्त्री लामिछाने

    संवैधानिक परिषद्का सबै निर्णय सर्वसम्मत हुनुपर्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णय सर्वसम्मतिले गर्नुपर्ने बताएका छन्।

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    संवैधानिक परिषद्का सबै सदस्यलाई बाध्यकारीरूपमा बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।



    गृहमन्त्री लामिछानेले भने,‘म परिषद्मा बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने कुरामा म पनि तपाई जत्तिकै अडिग छु । सर्वसम्मत नहुँदा के गर्ने भन्ने कुरा त विधेयकले बोल्नुपर्ला । टप ६ लाई बैठकमा आउन बाध्यकारी बनाउने भनेका छौँ । आइदिएनन् भने के गर्ने ? सर्वसम्म्त भइदिएनन् भने के गर्ने ? भन्नेकुरा विधेयकमा कहीँ बोल्नैपर्छ होला ।’

    सदस्यहरू बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने गृहमन्त्री लामिछानेले बताए ।

    गृहमन्त्री लामिछानेले समितिको आगामी बैठकमा विधेयकलाई टुंग्याउने निर्णय समितिले गरेमा त्यसका लागि आवश्यक पहल गर्ने जिम्मेवारी आफूले लिने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार