Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसका प्रमुख सचेतक लेखकले भने – एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल भएको छैन

    कांग्रेसका प्रमुख सचेतक लेखकले भने – एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल भएको छैन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 219
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको दाबी गरेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचेतक लेखकले यस्तो दाबी गरेका हुन् । उनले तत्काल एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म पार्टीले कुनै छलफल नगरेको बताए ।



    तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको सचेतक लेखकको भनाई छ । साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा बढेको भन्दै एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न सकिने बताए ।



    अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको उनले बताए । सचेतक लेखकले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार