Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डले भने – म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आएको छ

    प्रचण्डले भने – म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आएको छ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 222
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नयाँ ढङ्गले ल्याइने बताएका छन् ।

    नेकपा माओवादी केन्द्र सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आयोजित कार्यकर्ता भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए ।



    नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।

    सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए ।

    वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार